माओवादी केन्द्रले विना मगरलाई मन्त्री बनाउने

माओवादी केन्द्रले विना मगरलाई मन्त्री बनाउने तयारी गरेको छ । मगर पार्टी अध्यक्ष प्रचण्डकी बुहारि हुनुहुन्छ ।उहा कञ्चनपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित हुनुहुन्छ ।
विनालाई मन्त्री बनाउन माओवादीको ७ नम्बर प्रदेश कमिटीले नै निर्णय गरेको थियो । उहाको प्रस्ताव प्रदेश इन्चार्ज लेखराज भट्टलेनै गरनुभएको हो । चुनावको मुखैमा पति बियोगमा परनुभएकी विनालाई मन्त्री बनाउन प्रदेशका सबै नेताहरु सहमत भएको बताइएको छ ।


रामबहादुर थापा बादल गृहमन्त्री बन्ने हुनुभएको छ भने अरुको नाम छलफलमै छ । स्रोतका अनुसार विना मन्त्री बन्ने पक्का छ । केही नेताले राज्यमन्त्री मात्र बनाउने प्रस्ताव गरेका थिए तर, उहा मन्त्री नै बन्ने लगभग पक्का भएको छ ।


विना मन्त्री बन्दा पम्फा भुसालको नाम काटिने सम्भावना छ । ललितपुर(३ बाट निर्वा्चित भुसाल प्रवक्ता पनि हुनुहुन्छ ।

Comments