समृद्ध मुलुक निर्माणमा विकासमैत्री कानुन बनाउने ः प्रधानमन्त्री ओली

समृद्ध मुलुक निर्माणमा कुनैपनि कसर बाँकी नराख्ने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार निर्माणमा जोड दिने बताउनु भएको छ ।
अब आर्थिक विकास र समृद्धमा मुलुक पुगेको भन्दै विकासका लागि भएका कानुनी जटिलताहरुलाई छिट्टै परिमार्जन गरी विकासमैत्री कानुन बनाउने मन्त्री ओलीले शनिवार नेपाल उद्योग वाणिज्य संघको शुभकामना तथा बधाई कार्यक्रममा बताउनु भएको हो ।


सरकारी कार्यालयका टेबुलपिच्छे फायल अलमलिने प्रथा अब अन्त्य हुने सो अवसरमा ओलीले भन्नु् भयो । सरकारी कर्मचारीले कुनै नियतवश सर्वसाधारणका काममा ढिलाइ गरेछन् भने त्यसमा उचित छानबिन गर्ने ओलीको तर्क छ ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा सरकारले शून्य सहनशीलताको नीति लिने स्पष्ट पार्नुभयो । भ्रष्टाचार रोक्न सकिएन भने स्थायी सरकार भएको केही अर्थ हुँदैन, स्थिर सरकारको अनुभूत गराउन पनि भ्रष्टाचार रोक्न जरुरी छ ।’ 


आर्थिक लनदेनका आधारमा अनुमति लिनेदिने, समयमा काम नसक्ने, बिना कारण म्याद थप्ने र थपाउनेलाई तत्काल कारबाही गरिने प्रधानमन्त्रीको भनाइ छ । उद्योगी, व्यवसायीसँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले निर्यातजन्य उत्पादनमा जोड दिन व्यवसायीलाई आग्रह गर्नुभयो । 
नेपालमा उत्पादित सामानका लागि बजारको खाँचो नहुने प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले विश्वको जुनसुकै देशमा पनि नेपाली सामानको माग उच्च हुने बताउनुभयो । 

Comments