पराजुलीलाई जेल हाल्नुपर्नेप्रा. डा. केसीको माग

प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली लड्दा अदालतको मानहानी हुन्छ भने आजीवन जेल बस्न तयार रहेको बताउनुभएको छ । तर, पराजुलीलाई निकालेरै छाड्ने उहाको दाबी छ ।
पराजुलीको राजीनामा माग गर्दै आजे माइतीघर मण्डलामा भएको प्रदर्शनमा डा. केसी पनि सहभागी हुनुभएको थियो । 
भ्रष्टाचार गर्न पाउँदासम्म पराजुलीले राजीनामा नदिने भन्दै आफूहरुले बाटो देखाउने बताउनुभयो । आफूलाई पराजुलीकै आदेशमा अनसन स्थलबाट प्रहरीले पक्राउ गरेको भन्दै डा. आक्रोस पोखनुभयो ।
‘म ९ बजे हाजिर भइनँ भने पो प्रहरी लगाएर पक्राउ गर्नु पर्ने हो’ उहाले भननुभयो ‘यदि भ्रष्ट न्यायाधीशविरुद्ध बोल्दा मानहानी हुन्छ भने एक वर्ष होइन । आजीवन काराबास बस्न तयार छु ।
 तर, यस्तालाई जिम्मेवार बनाएर छाड्ने हो । ‘त्यो मात्र होइन । उहाले गरेका कालो कर्तुतको छानविन गराएर कारबाही गराउने हो ।’
डा. केसीले आफूले नभई प्रधानन्यायाधीश पराजुलीले अदालतको अवहेलना गरेको आरोप लगाउनुभयो ।  प्रधानन्यायाधीश भएर विचाराधीन मुद्दामा (नागरिकता) देखाउनु नै अदालतको अवहेलना हो । उहालाई जेल चलान गर्नुपर्छ ।’
Comments