प्रदेश १ मा वाम गठवन्धनका उमेद्वारी विजयी

विराटनगरर २४ माघ
पुण्य पि अधिकारी

प्रदेश नम्बर १ को राष्ट्रिय सभा निर्वाचनमा बाम गठवन्धनका उमेद्वार विजयी भएका छन् ।
दलिततर्फ नेकपा एमाले खेम नेपाली र अल्पसङ्ख्य तर्फ एमालेकै अगमप्रसाद वान्तवा विजयी भएका हुन् । नेपालीले ६ हजार २ सय ७० मत ल्याएर विजयी भएभने वान्तवाले ६ हजार १३८ मत ल्याई विजयी भए । नेपालीका प्रतिस्पर्धी नेपाली कांग्रेसका बिन विश्वकर्माले २ हजार ८ सय ३२ मत प्राप्त गरेका छन् । वान्तवाका प्रतिद्धन्द्धी नेपाली कांगेसका महेशकुमार जाजुले २ हजार ९ सय ९८ मत प्राप्त गरेका छन् ।
केहीबेर अघि सम्पन्न निर्वाचनमा स्थानीय तहका १० र प्रदेश सभाका २ मत बदर भएको निर्वाचन अधिकृत पुण्यप्रसाद पाठकले जानकारी दिए । विजयी उमेद्वारलाई भोलि विहान ८ बजे जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमाणपत्र दिने कार्यक्रम छ ।
राष्ट्रिय सभाका ८ सांसदमध्ये ६ जना पहिले नै निर्विरोध भएका थिए । निर्बिरोध निर्वाचित हुनेमा वाम गठवन्धनका नैनकला ओझा र बिना पोख्रेल,नेपाली कांग्रेसकी सरिता प्रसाई छिन् ।
यस्तै खुला तर्फ वामगठवन्धनका हरिशरण शिवाकोटी,पर्शुराम मेघी गुरुङ र नेपाली कांग्रेसका रमेशजंग रायमाझी छन् ।

Comments