मोटरसाइकल दुर्घटनामा एकको मुत्यु

उर्लावारी आमबाडी सडक खण्ड अन्तरगत मोरङको रतुवामाई १० लक्ष्मी चोकमा भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ । निधन हुनेमा  उर्लावारी ९ का  सन्तोष पौडेल रहेका छन् । 
उनको  उपचारको क्रममा  बिएनसी अस्पताल बिर्तामोडमा  निधन  भएको हो ।  उनि सँग  मोटरसाइकलमा  पछाडि सवार  रतुवामाई १० की कविता भणडारी समान्य घाइते भएकी छिन् । 
 मंगलबार दक्षणिबाट उत्तरतर्फ आउँदै गरेको को २७ प ७४२८ नम्बर को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ५७४८ नम्बर को  टिफर आपसमा ठोक्किएका थिए । 
ठक्कर दिने टिफर, मोटरसाइकल र टिफर चालक इलका प्रहरी कार्यलय सिजुवाको नियन्त्रण रहेको दाम्राभिट्टका ट्राफिक प्रहरी राजकुमार गौतमले जानकारी दिनुभयो ।

 

Comments