बलात्कार आरोपमा एक ब्यक्ति पक्राउ

सप्तरी,२३ माघ

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सप्तरी महदेवा गाउँपालिका–२ का ५० वर्षीय रामसुन्दर राउतलाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।
 
बिद्यालयबाट सरस्वती पूजा गरी माघ ८ गते फर्किरहेका बेला आरोपितले तिलाठी कोइलाडी गापा–७ स्थित सार्वजनिक बाटोबाट गहुँ खेतमा लगी पीडितलाई बलात्कार गरेको आरोपमा राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुबकुमार श्रेष्ठले बताए ।
बिद्यालयबाट पूजा गरी फर्किरहेका बेला आरोपितले माटो उठाई दिन सहयोग मागेर गहुँ खेतमा लगी बलात्कार गरेर फरार भएको पीडित बालिकाले बताइन् ।
पीडितका बुवाले माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा हुलिया उजुरी दिएपछि आरोपितको खोजी पश्चात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आरोपितविरुद्धको उजुरी माघ १९ गते दर्ता गरी कारवाही थालिएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितले भने झुठा आरोपमा फँसाएको गुनासो गरेका छन्  । 

Comments