बालिका बलात्कार आरोपमा प्रहरीद्धारा मुद्दा दर्ता

१४ बर्षीया बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा ओखलढुङगा प्रहरीले ४० बर्षीय सवबहादुर विक विरुद्ध सोमवार करणी मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बालिका बत्लाकार गरेको आरोपमा मोलुङ गाउँपालिका वडा नं. २ का ४० वर्षीय सवबहादुर विक बिरुद्ध माघ २२ गते जवरजस्ती करणी मुद्दा दर्ता गरेको हो । १४ वर्षीया बालिकालाई फकाएर विवाह गरिदिने भन्दै घर लगि बलात्कार गरेको अभियोगमा आरोपितलाई माघ २१ गते गिरफ्तार गरेर मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक टिकाबहादुर कार्कीले जानकारी दिए ।
पीडितले ०७४ असोज २० गते आफुलाई आरोपितले फकाएर विवाह गरि दिन्छु भनी बलात्कार गरेको प्रहरीलाई बताएकी छिन् । घटना पुरानो भए पनि उजुरी माघ १९ गते आृकाले पीडितको स्वास्थ्य परिक्षण गरि आरोपितलाई गिरफ्तार गरेर मुद्दा दर्ता गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

 

Comments