प्रदेश १ को ऐतिहासिक बैठक सम्पन्न

माघ २२ विराटनगर
प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक माघ २२ मा विराटनगरमा सम्पन्न भएको छ ।
माघ २९ गते प्रदेश सभामुख र फागुन ३ मा उपसभामुखको निर्वाचन गर्ने निर्णयसहित पहिलो बैठक सम्पन्न भएको हो ।
 
जिल्ला समन्वय समितिको भवनमा  बैठक सकिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
 ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले अध्यक्षता गरेको ऐतिहासिक बैठक सञ्चालनका लागि विराटनगरमा सुरक्षा सर्तकता उच्च बनाईएको थियो ।
 ९३ सदस्यीय प्रदेशसभामा एमालेबाट ५१,काङ्ग्रेस २१,माओवादी केन्द्र १६,सङ्घीय समाजवादी फोरम ३,राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक÷एक जना सांसदले प्रतिनिधित्व गरेका थिए ।
पहिलो वैठकमा सचिवालय प्रमुख ध्रुवप्रसाद घिमिरेले प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउने,सभा सञ्चालन सम्बन्धी कार्यविधि पास,सभामुखको सहयोगी समूहको घोषणालगायतका निर्णय गरिएका छन् ।
 
Comments