प्रदेश १ को ऐतिहासिक बैठक केहीबेरमा विराटनगरमा उच्च सुरक्षा सर्तकता

प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक विराटनगरमा १ बजेबाट सुरु हुने भएको छ ।
 
जिल्ला समन्वय समितिको भवनमा १ बजे सञ्चालन हुने बैठकको अन्तिम तयारी सकिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
 ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले अध्यक्षता गर्ने ऐतिहासिक बैठक सञ्चालनका लागि विराटनगरमा सुरक्षा सर्तकता उच्च बनाईएको सुरक्षा निकायले जानकारी दिएका छन् ।
९३ सदस्यीय प्रदेशसभामा एमालेबाट ५१,काङ्ग्रेस २१,माओवादी केन्द्र १६,सङ्घीय समाजवादी फोरम ३,राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक÷एक जना सांसदले प्रतिनिधित्व गर्दैछन् ।
पहिलो वैठकमा सचिवालय प्रमुख ध्रुवप्रसाद घिमिरेले प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउने,सभा सञ्चालन सम्बन्धी कार्यविधि पास गर्ने,सभामुखको सहयोगी समूहको घोषणा गर्ने तथा सभामुख,उपसभामुखको निर्वाचन मिति तोक्ने र सभामा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट एकजनाले सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिए ।
Comments