लगानि अनुसारको जनशक्ति उत्पादन गर्न सामुदायीक बिद्यालयहरुले सकेन्न, डा.रिजाल

पुर्व मन्त्रि एवंम मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. मिनेन्द्र रिजालले अहिले सामुदायीक बिद्यालयहरुले लगानि अनुसारको जनशक्ति उत्पादन गर्ननसकेको हुदा गुणस्तर बृद्घिमा सरकार गम्भिर हुनुपर्ने धारणा राख्नुभयो ।

मोरङको रतुवामाई १० मा रहेको महेन्द्र माविको ५१ औँ बार्षिक उत्सबलाई आज सम्बोधन गर्दै रिजालले यस्तो धारणा राख्नुभएको हो । प्रमुख अतिथीका रुपमा उपस्थित रिजालले शिक्षा क्षेत्रमा ठुलो लगानी लाग्नेहुदा यस क्षेत्रका कम्जोरीहरु लाई क्रमिक रुपमा सुधार्दै लग्नुपर्ने पष्ट्र पार्नुभयो ।


महेन्द्र माबिको कम्प्यूटर प्रयोगशालाको उद्घाटन समेत गर्नुभएका डा.रिजालले सो बिद्यालयलाई आफनो क्षमताले भ्याये सम्मको सहयोग गर्ने बताउनुभयो । उक्त बिद्यालयले गरेको प्रगतिको प्रशंशा गर्दै रतुवामाई नगरपालिकाका सबै सामुदायीक बिघालयहरु लाई यस बाट पाठ सिक्न आग्रह गर्नुभयो ।


बिशिष्ट अतिथी मोरङ क्षेत्र नम्बर २ (क) प्रदेशसभा सदस्य शिब नारायण शिंहले जब सम्म शिक्षा क्षेत्र राम्रो हुदैन तब सम्म देश बिकास नहुने भन्दै प्रदेशसभा बाट आफुले गर्न सक्ने सहयोगका लागि पहल गर्न तत्पर रहेको बिश्वास ब्यक्त गर्नुभयो ।


रतुबामाईका नगर प्रमुख रबिन राईले निजि र सामुदायीक बिद्यालयको स्तर समान हुनुपर्ने बताउर्दै अबको शैक्षिकसत्र बाट नगरका सबै सामुदायीक बिद्यालयहरुमा अंग्रेजि माध्यम बाट पढाई हुने घोषणा गर्नुभयो । राईले सो कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले बजेट निर्धारण समेत गरिसकेको जनाउनुभयो ।


उप प्रमुख दमयन्ता चुडालले प्रभाबकारी शिक्षा प्रदानमा जुटेको भन्दै महेन्द्र माबि प्रति आभार  प्रकट गर्नुभयो । 

यसैबीच बिद्यालयले सम्मान,पुरस्कार बितरण,छात्रबृद्घि बितरणको कार्यक्रम सञ्चालन भएको प्रधानध्यापक ज्ञानेन्द्र भट्टराईले जानकारी दिनुभयो । बिद्यार्थीहरुले गायन र नृत्य प्रदर्शन गरि उपस्थित सबै लाई मनोरञ्जन प्रदान समेत गरेको भट्टराईले बताउनुभयो ।

 

Comments