रतुवामाईमा सहिद दिवस मनाइयो

मोरङको रतुवामाई १० मा रहेको आरम्भ नाट्य डबली कला साहित्य मञ्चको आयोजनामा मंगलबार सहिद दिवस मनाइयो । रतुवामाई ९ को शर्बेश्वर सामुदायीक हलमा भएको कार्यक्रममा कबिता गोष्ठी सहित सहिद दिबस मनाइएको हो ।


कार्यक्रममा सहभागी वक्ताहरुले सहिदहरुको योगदानको चर्चा गर्दै उनीहरुप्रति सम्मान प्रकट गरे ।
प्रमुख अतिथिका रुपमा उपस्थित रतुवामाई नगरपालिकाका मेयर रबिन राईले सहिदहरुको वलिदानीले नै आजको लोकतन्त्र प्राप्त भएको उल्लेख गर्दै उनीहरुको योगदानको सधै सम्मान गर्नु पर्ने बिचार ब्यतm गर्नुभयो । कबिता गोष्ठीका सन्दर्भमा बोल्दै उहाले नगरका सबै वडाहरुलाई समेटेर साहित्यीक गतिबिधिहरु सञ्चालन गर्न आयोजक नाट्य डबलीलाई आग्रह गर्नुभयो । साहित्यीक क्षेत्रमा काम गर्ने संस्थाहरुलाई नगरपालिकाका तर्फबाट यथासक्य सहयोग गर्ने समेत उहाले आश्वासन दिनुभयो ।


सुनाखरी मिडिया प्रालिका प्रबन्ध निर्देशक युवराज पौडेलले राजनैतिक दल र सरकारले सहिदको मर्म र महत्वलाई घटाउदै लगेको भन्दै चिन्ता ब्यतm गर्नुभयो ।फरक परिबेशमा निधन भएका आफु निकट ब्यतिmहरुलाई राजनैतिक दलले सरकरमा रहेको बेला सहिद घोषणा गर्ने गरेको उल्लेख गर्दै यस्तो कार्यले सच्चा सहिदहरुप्रति अपमान भएको उहाको भनाई थियो । सरकारले ‘सहिद घोषणा प्रतियोगीता’ चलाइरहेकोे भन्दै बर्तमान कामचलाऊ सरकारले दिनहुंजसो गरिरहेको सहिद घोषणाप्रति पौडेलले ब्यङग्य गर्नुभयो ।


सरस्बती मावि इटहराका संयोजक थिरनाथ दाहालले सबै बिद्यालय् र कार्यलयहरुले बिदा मनाइरहेका बेला सहित्यीक संस्थाले सहिद दिबस मनाउने अबसर प्रदान गरेको भन्दै प्रशन्नता ब्यतm गर्नुभयो । कबिताले समकालीन समाज र जीबनको तस्बिर देखाउने भएकाले स्रष्टाका सिर्जनाहरुले ब्यतिलाई सहि मार्ग प्रदान गर्ने बिचार राख्नु भयो ।


यसैबीच नगरस्तरीय माध्यमिक बिद्यालयबीच भएको कबिता प्रतियोगिताका बिजेताहरुलाई नगर प्रमुख राईले पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो । अन्य सहभागी बिद्यार्थीहरुले पनि प्रशंशापत्र प्राप्त गरे । प्रतियोगितामा मुनाल आदर्श बिद्या सदनकी बिद्यार्थी करुणा निरौलाले प्रथम स्थान हासिल गरिन । त्यस्तै दाम्राभिट्टा इङलिस स्कुलका भिषण आर्चाय दोस्रो र सरस्वती माविका सुजन बिष्ट तेस्रो भए । 


हाल कतारमा रहेका आयोजक संस्थाका अध्यक्ष प्रेम भण्डारीले टेलिफोनबाट कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभयो । सचिब पुजन दासले संस्थाले हालसम्म गरेका गतिबिधिहरुको जानकारी गराउनुभयो ।  


गोष्ठीमा केशब भट्टराई, दिलबहादुर परियार, दिक्षा दुलाल ,आस्था निरौला , सन्तोष लुईटेल, नानु पौडेल , हरि नेपाल ,रबिन बस्नेत लगायत एक दर्जन बढि कबिहरुले कबिता प्रस्तुत गरे । 


आरम्भ नाट्य डबलीका कार्यवहाक अध्यक्ष समिर सुबेदीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन साहित्यकार एवम् भाषा शिक्षक महेन्द्र रेग्मीले गर्नु भएको थियो ।

 

Comments