दिवा सपना नदेख्न नगरपालिका प्रमुखलाई स्थानीयको चेतावनी्, षड्यन्त्रको पुलिन्दामा नगरपालिकाको केन्द्र

रतुवामाई नगरपालिकाको केन्द्र साविक सिजुवा बजारबाट सार्ने कसरतमा नगरपालिका प्रमुख लागेको भन्दै स्थानीयले दिवा सपना नदेख्न प्रमुखलाई चेतावनी दिएका छन् । आइतबार रतुवामाई नगरवासी समाजले आयोजना गरेको नगरपालिका परिक्रमा तथा ज्ञापन पत्र प्रदान कार्यक्रममा बोल्दै स्थानीयले सिजुवाको इतिहास बोकेको केन्द्रलाई दुई÷तीन जनप्रतिनिधिको राजनीतिको आडमा साविक केन्द्रबाट अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै उनीहरुले त्यसको ब्यापक विरोध गरेका छन् ।  

१० वटा वडा रहेको नगरपालिकाको केन्द्र सिजुवा बजारमा हुनु पर्ने माग गर्दै आएपनि नगर प्रमुख रविन राई र दुई जना वडा अध्यक्षको राजनीतिमा नगरपालिकाको केन्द्र सिजुवा बजारबाट अन्यन्त्र सार्ने जालसाझी भईरहेको रतुवामाई नगरवासी समाजका संयोजक टिकाधारी शाहले बताए । शाहले भौतिक पूर्वाधारका हिसाबले अहिलेको केन्द्र नै उपयुक्त भएपनि सिमित स्वार्थका कारणले नगरपालिकाको केन्द्र अन्यत्र सार्ने षड्यन्त्र भएको दावी गरे । ज्ञापनपत्र बुझाउनु अघि बोल्दै वडा न.२ का स्थानीय उमेश यादवले नगरपालिका प्रमुखले जनताको भावना बुझ्न अटेर गरेको बताए । उनले भने केही जनप्रतिनिधिको दवाबमा सुगम ठाँउ भन्दै नगरपालिकाको कार्यालय सिजु्वाबाट हटाएर सिजुवाको इतिहास मेट्ने काम हुन लाग्दैछ,यो कदापि सम्भव छैन । झण्डै तीन हजारको संख्यामा ज्ञापनपत्र बुझाउन आएका स्थानीयले वडा न.६ र ८ का वडा अध्यक्षको आडमा नगरपालिका प्रमुखले नगरपालिकाको केन्द्र अन्य ठाँउमा सार्ने निर्णय गर्न लाग्नु एकदमै ठूलो दुर्घटनालाई निम्ताउने काम हुने टंक मैनालीले बताए ।

यसैबीच १० वटा वडाका स्थानीयको हस्ताक्षर सहितको ज्ञापनपत्र बुझ्दै नगरपालिका प्रम्ुख राईले नगरपालिकाको केन्द्र सार्ने षड्यन्त्र नभएको र दीर्घकालीन प्रभाव पार्ने बिषय भएकाले सबैको सल्लाह र सुझावमा नगरपालिकाको केन्द्र तोकिने ज्ञापनपत्र बुझाउने टोलीलाई बताए । राईले कसैको स्वार्थ र भावनामा नभई आवश्यक परे लोकन्त्रको उत्तम विकल्प चुनाव गर्न सक्ने तर्फ आफु सचेत रहेको जानकारी गराएका थिए । दस वटै वडाको दस वटै गाँउ,सिजुवा बजार नै पायक पर्ने ठाँउ,रतुवमाई नगरवासीको एउटै मत,सिजुवा बजारमा नगरपालिकाको केन्द्र यथावत जस्ता नारा लेखेका प्ले कार्ड सहित उनीहरु नगरपालिकाको कार्यालय ज्ञापनपत्र बुझाउन पुगेका थिए । नगरपालिकाको केन्द्र कादूपाडा वा मेजर डाँडो हुने संकेत प्रमुख राईले दिएपछि त्यसको ब्यापक विरोध भईरहेको छ । यता केहीदिन अघि वडा न.६ र ८ का स्थानीयले नगरपालिकाको केन्द्र कादूपाडा हुनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

Comments