हिउँ पहिरोमा परेर जापानमा १ जनाको मृत्यु, १५ जना घाइते

ज्वालामुखी विस्फोटसँगै गएको हिउँ पहिरोमा परेर जापानमा १ जनाको मृत्यु हुनुका साथै कम्तीमा १५ जना घाइते भएका छन् । जापानको स्कि रिसोर्टमा ज्वालामुखी विस्फोटसँगै गएको हिउँपहिरोमा परेर कम्तिमा १५ जना घाइते भएका हुन्  ।घाइते मध्येका ४ जना उक्त समय रिसोर्टमा गोन्डोला चलाइरहेका थिए । स्रोतका अनुसार ३ जनाको सकुशल उद्धार गरिएको छ । 

  घाइतेहरूले  पहाड विस्फोट भएर खसिरहेको देखेका बिबिसीमा उल्लेख छ  ।  जमिन विस्फोट हुनुको कारण भने पत्ता नलागेको उनीहरुको भनाइ छ । अधिकारीहरुले उक्त पहाड नचढ्न आदेश दिएका छन्

 

Comments