प्रदेश प्रमुख र अस्थायी राजधानीको टुंगो आज पनि लागेन

सरकारले शुक्रबार पनि प्रदेश प्रमुख र अस्थायी राजधानीको टुंगो लगाउन सकेन । शुक्रबार बसेको मन्त्रीपरिषदले प्रदेश प्रमुखको नियुक्ति गर्ने भनिएपनि अन्य बिषयमा कुरा गर्दा प्रदेश प्रमुख र राजधानीको बिषयमा प्रवेश गर्नै नभ्याइएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानारी दिनुभयो ।

प्रदेशको अस्थायी राजधानी तोक्ने नतोक्ने विषयमा प्रधानमन्त्री शेरवहादुर देउवा नै अन्योलमा हुनुहुन्छ । अहिले अस्थायी राजधानी तोक्दा अरु ठाउँमा आन्दोलन चर्किने र त्यसले राष्ट्रियसभाको चुनाव गराउन समस्या पर्नसक्ने भन्दै केही समय अघि सरकारले प्रदेश प्रमुख मात्र तोकेर सांसदलाई काठमाडौंमा सपथ गराउने तयारी गरेको थियो । तर काठमाडौमा सपथ गराउँदा संघीयताको मर्म विपरित हुने भन्दै आलोचना भएपछि प्रधानमन्त्री पनि अन्योलमा पर्नुभएको हो । 

Comments