मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

सुनसरी स्थित इटहरीमा गएराती मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको ज्यान गएको छ । मृत्यु हुनेमा कानेपोखरी–५ बस्ने २२ वर्षीय अरुण राई रहेका छन् ।
को १० प १७३० नम्बरको मोटरसाइकल गएराती लगभग साढे ११ बजे ईटहरी–६ स्थित सयपत्री टोल जाने बाटोमा रहेको बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको थियो । मोटरसाइकल ठोक्किंदा गम्भीर अवस्थामा रहेका राईलाई प्रहरीको गस्ती टोलीले उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र्पुयाएका थिए । राईको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Comments