हुवेइ मोबाइल बेच्न अमेरिका द्वारा अस्वीकार

चिनियाँ कम्पनी हुवेइ टेक्नोलोजिजले अमेरिकी बजारका लागि बनाएको मोबाइल बेच्न अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकी टेलीफोन कम्पनी एटी एन्ड टीले हुवेइको ‘मेट १०‘ नामक फोन बेच्न अस्वीकार गरेको हो । 
हुवेइको चीन सरकारसँगको सम्बन्धका कारण गत महिना केही सांसदहरूले चिन्ता प्रकट गरेर सरकारको ध्यानाकर्षण गरेका थिए । सांसदहरूले सरकारलाई लेखेको पत्रमा चीनलले अमेरिकामा जासुसी गरेकोमा चिन्ता प्रकट गर्दै हुवेइ त्यसमा संलग्न रहेको शंका प्रकट गरिएको थियो ।
यता, हुवेइले भने जासुसीको आरोपको अण्डन गर्दै अमेरिकी बजारमा पनि विगत पाँच वर्षदेखि बेच्दै आएको जनाएको छ । हुवेइको मेट १० लाई एप्पलको पछिल्लो फोनको प्रतिस्पर्धीका रूपमा हेरिएको छ । यसअघि चिनियाँ कम्पनी अलीबाबाले एक अर्ब २० करोडमा किन्न लागेको अमेरिकी कम्पनी मनीग्रामको किनबेच रद्द गरिएको थियो । 
Comments