ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा आगलागी

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित एक घरमा आइतबार साँझ आगलागी भएको छ । सिरिजङ्घा गाउँपालिका–१, सिनामका मदन अधिकारीको घरमा उक्त आगलागी भएको हो ।
अचानक साँझ ६ बजेतिर लागेको आगोको कारण भने नखुलेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको छ । आगलागीको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीको भनाई छ ।  
Comments