लालबाबु पण्डितले हेरे​‘राज्जा रानी’

बुधबार सम्पन्न भएको ‘राज्जा रानी’ फिल्मको प्रिमियरमा फिल्मले तारिफ बटुल्न सफल भएको छ।
नेपालको तराई क्षेत्रमा रहेको दाइजो प्रथाका कारण नारीले भोग्नुपरेको दुखमा सम्बन्धित  कथामा आधारित यस फिल्मले प्रिमियरमा राम्रो तारिफ बटुलेको हो।
प्रिमियरमा उपस्थित भएका एमालेका चर्चित नेता सासंद लालबाबु पण्डितले  फिल्ममा मधेशको एक ठूलो समस्यालाई उजागर गर्नमा फिल्म सफल भएको भन्दै फिल्मको प्रशंसा गर्नुभएको थियो । पण्डित आफ्नी पत्नीसहित फिल्म हेर्न आउनुभएको थियो।
उहाले भन्नुभयो  ‘दाइजो प्रथाको कारणले छोरीमाथी हुने अत्याचारको कथा बोलेका कारण फिल्मको प्रस्तुती मलाई साह्रै राम्रो लाग्यो’, । पण्डितले केकी अधिकारी तथा अभिनेता नाजिर हुसौनको कामको तारिफ समेत गर्नुभयो।  
यस्तै फिल्म हेर्ने अधिकाशंले फिल्मको कथा मनपरेको प्रतिक्रिया दिएका थिए।
यो फिल्ममा यम थापा निर्देशित रहेको छ भने यसको सम्पूर्ण छायांकन नेपालगञ्जको पठारमा गरिएको हो । प्रेमकथामा आधारित यस फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन्। 
फिल्ममा केकी र नाजीरका बाहेक दीपक क्षेत्री, संगीता नापित, अरुण रेग्मी, लक्ष्मी बर्देवा, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, कामेश्वर चौरासिया, अनुज थापा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
फिल्म शुक्रबारबाट मैथिली र नेपाली दुवै भाषामा रिलिज हुँदैछ।
Comments