दोस्रो यू १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट पौष २८ बाट

दोस्रो यू १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (आइपिएल) पौष २८ गतेदेखि सुरु हुने भएको छ । यस प्रतियोगितामा नेपालका पाँच प्रमुख सहरका टिम तथा आयोजक इटहरी गरी जम्मा ६ टिमको सहभागीता हुने भएको हो । 
प्रतियोगिता लिग कम नकआउटका आधारमा टि २० फरमेटमा हुने इटहरी क्रिकेट एकेडेमीका अध्यक्षले जानकारी दिए । प्रतियोगिता सुनसरी इटहरी ९ स्थित नेपाल डि.भि.एम. ग्लोबल स्कुलको खेल मैदानमा संचालन हुने भएको छ । 
प्रतियोगिताको पुरस्कार राशीः 
प्रथम पुरस्कारः रु. १,००,००० (ट्रफि, मेडल र प्रमाण पत्र सहित)
द्वितीय पुरस्कारः रु. ५०,००० (ट्रफि, मेडल र प्रमाण पत्र सहित)
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीः रु. ५,०००, १ थान Gionee मोबाइल (ट्रफि सहित)
बेष्ट ब्याट्स म्यानः रु. ५,००० (ट्रफि सहित)
बेष्ट बलरः रु. ५,००० (ट्रफि सहित)
प्रत्येक खेलको मेन अफ द म्याचः रु. १,५००, मेडल
सहभागी ५ टिमको १४ खेलाडी तथा टिम कोच, टिम मेनेजर गरी जम्मा १६ जनाको जाने आउने भाडा तथा खाने बस्ने सुविधा आयोजकले नै उपलब्ध गराउनेछ । 
Comments