जनताको अधिकार सुरक्षित गर्ने आधार संविधान संशोधन : अध्यक्ष यादव


 संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नै  मधेशी जनताको अधिकार सुरक्षित गर्ने आधार रहेको बताउनुभएको छ ।

सप्तरीको राजविराज– ९ स्थित मलेठमा आइतबार कार्यकर्तासँगको भेटघाटका क्रममा आयोजित कार्यक्रम ला्ई सम्बोधन गर्ने क्रममा यस्तो बताउनुभएको हो ।

विभेद, असमानता, भेदभाव, उपेक्षालाई अन्त्य गर्न आर्थिक परिवर्तन मुलुकका लागि खाँचो रहेको भन्दै आधिकार, उन्नति, विकासबाट गरिबी, बेरोजगारी अभावग्रस्त जीवनबाट मुक्त पाउनका लागि अहिलेको निर्वाचनमा मधेशी जनताले संघीय समाजवादी फोरम नेपाल लाई मतदान गर्नुपर्ने बताउनुभयो ।

उहाले सप्तरी जिल्ला ५०औँ वर्षदेखि पछाडि परेकाले यसलाई अगाडि बढेको आफूले देख्न चाहेको बताउनुभयो । सप्तरी क्षेत्र नं २ बाट अध्यक्ष यादव प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ् ।

Comments