आगलागीबाट ६ लाख बराबरको क्षति

झापाको कचनकवल गाउँपालिका ३ स्थित मदन बस्ती शनिबार अपरान्ह आगलागी भएको छ।

स्थानीय डालुराज राजवंशीको घरमा अपरान्ह सवा ४ बजे कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो।

आगलागीबाट राजबंशीको घर, ३ लाख रुपैँया नगदसहित घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको पिडीतले बताए।

आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा आएको प्रहरी चौकी पथरीयाले जनाएको छ।

Comments