२ दिने बिजनेस सेमिनार सुरु

ईन्दृपुर जेसीजकाे संयाेजनमा मंगलबारदेखि माेरङकाे सुन्दरहरैचामा २ दिने बिजनेस सेमिनार सुरु भएको छ । लायन्स क्लब , तथा काेशि हरैचा उद्योग बाणिज्य संघको संयुक्त अायाेजनामा उक्त कार्यक्रम भएको हाे । बिजनेस सेमिनार मा पुर्वकाे झापा , माेरङ र सुनसरी जिल्लाका जेसीज , उद्योगी ब्यापारी गरी ५०० जना सहभागी छन् । उद्घाटन कार्यक्रममा संसारमै धनिकाे सुचिमा पर्न सफल चाैधरी गृुपका अध्यक्ष नेपालका बिनाेद चाैधरी , पर्यटन बिद कर्ण शाक्य ले बिजनेस सम्बन्धि तालिम दिनु भएको थियो । बुधबार अर्थबिद रामेश्वर खनाल , नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष बिकल शेरचनले तालिम दिनु हुने नेपाल जेसीजका नेशनल मिडिया चेयरमेन दीपेन्द्र तिम्सिनाले जानकारी दिनुभयो । नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष भाेलेश्वर दुलालकाे संयाेजनमा कार्यक्रम भएको थियो ।
 
 
 
Comments