,्निर्वाचन तयारी,निर्वाचन गतिविधि र निर्वाचन सुरक्षालगायतका बिषयमा रतुवामाई नगरपालिका प्रमुख युवराज आचार्यसँग गरिएको कुराकानी ः

स्थानीय तहको चुनाव आउन चौविस दिन बाँकी रहँदा स्थानीय तहका प्रमुखहरु चुनाव केन्द्रीत गविविधिमा सक्रिय भएका छन्् । संविधान कार्यान्वयनको पहिलो चरणमा २० बर्षपछि हुन लागेको चुनावका लागि स्थायी सरकारका प्रतिनिधिहरु विभिन्न योजनाका साथ चुनाव सफल बनाउन लागि परेका हुन््् । गत फागनु २७ गते स्थानीय तह पुनःसंरचना आयोगकोे प्रतिवेदनलाई सरकारले अन्तीम रुप दिँदै नेपाल राजपत्रमा प्रकाशित गरेसँगै दक्षिणी मोरगंका सिजुवा,इटहरा,महादेवा,झुर्किया,वरडंगाको वडा नम्बर १,४,५,७ र गोविन्दपुर गाविसको वडा नम्बर १,३,४ र ७ लाई समावेश गरेर रतुवामाई नगरपालिका घोषणा गरेको थियो । दक्षिणमा भारतको अररीया जिल्लासँग सिमाना जोडिएको रतुवामाई नगरपालिका पूर्वमा झापासँग जोडिएको छ । दक्षिणी क्षेत्रमा आदीवासी जनजातिको बाहुल्यता रहेको यो नगरपालिका यतिबेला आगामी वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रीत भएको छ । प्रस्त्ुत छ,्निर्वाचन तयारी,निर्वाचन गतिविधि र निर्वाचन सुरक्षालगायतका बिषयमा रतुवामाई नगरपालिका प्रमुख युवराज आचार्यसँग गरिएको कुराकानी ः

जनताले अधिकार पाउने स्थानीय तहको निर्वाचनका लागि रतुवामाई नगरपालिकाको तयारी के कस्तो छ ?


जसरी मुलु्कभर स्थानीय तहको निर्वाचन तयारी भईरहेको छ,रतुवामाई नगरपालिकामा पनि तयारी त्यसैगरी भईरहेको छ ।वैशाख ८ गते निर्वाचन कार्यालय खडा भएपछि चुनावको तयारी तीब्र रुपमा हुनेछ । चुनावका लागि कर्मचारी ब्यवस्थापन,उमेद्वारहरुको मनोयन दर्ता लगायतका कार्य गर्ने खाकाहरु तयार भएका छन् ।


 भारतसँग सीमाना जोडिएको रतुवामाई नगरपालिका सुरक्षाका दृष्टीकोणले संवेदनशील देखिन्छ । सीमाशील हुनुअघि सीमामा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि के कस्तो तयारी छ ?


चुनावी सुु्रक्षाका लागि सु्रक्षा संयन्त्र प्रभावकारी ढंगले परिचालन हुने कुरा निश्चित छ ।यो नगरपालिका भारतसँग जोडिएको हुनाले सुरक्षा संवेदनशीलतालाई मुख्य रुपमा नियाल्ने तयारी गरिएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला सुरक्षा समितिले विभिन्न योजना बनाएको छ ।भयरहित ढंगमा चुनाव सम्पन्न गर्न उच्च सुरक्षा सर्तकता बढाउने,सुरक्षाकर्मीको परिचालन प्रभावकारी रुपमा गर्ने,मतदाता र चुनाव केन्द्रमा पनि उत्तिकै सुरक्षा बढाउने तयारी छ ।


वैशाख ३१ मा हुने निर्वाचनका लागि कार्यालयले राजनैतिक दलसँग के कस्तो सहकार्य गर्ने छ ?


निर्वाचन कार्यालय खडा भएपछि निर्वाचन अधिकृतको निर्देशन एवम् समन्वयमा छलफल,अन्तरक्रिया र बैठकहरु हुनेछन् । वैशाख ८ गते राजनीतिक संयन्त्रको बैठक बस्नेछ,निर्वाचनमा भागलिने सम्पूर्ण दलसँग सद्भावपूर्ण,समान एवम् मित्रभावका साथ क्रियाकलाप सञ्चालन गर्ने तयारी हाम्रो छ ।


रतुवामाई नगरपालिकामा चुनावप्रतिको चासो÷जागरण कस्तो पाउनु भएको छ ?


चुनावप्रतिको चासो एवम् जागरण उत्साहजनक देखेको छु । राजनीतिक दलको गतिविधि हेर्दा रातदिन बैठक बसेको देखिन्छ । चुनाव कहिले आउँछ भनी जनता ब्यग्र रुपमा प्रतिक्षामा बसेको देख्या छु ।मतदाता मत खसाल्न उत्सुक छन् भने नागरिक समाज,विभिन्न पेशाकर्मी पनि चुनावी चहलपहलमा सहभागी भएको देखेको छु ।


नगरवासीलाई तपाईको सन्देश के छ ?


 चुनाव हुनु एकदम राम्रो कु्रा हो । यसले सिंहदरवारको अधिकार जनतालाई दिलाउँछ,त्यसैले पनि सबैले आफ्नो ठाँउबाट हु्न लागेको चुनाव सफल बनाउन लागि सहयोग गरौँ,यसले सबैको हित एवम् लाभ हुन्छ ।

                                    प्रस्तुती ः पुण्य पि अधिकारी
 

Comments