​भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई आइएसको धम्की

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले धम्की दिएको छ ।बुधबार बिहान उत्तर प्रदेशको वाराणसीको मिर्जापुर बजार क्षेत्रमा आइएसले धम्कीपूर्ण पर्चा छरेको हो ।सो पर्चामा मार्च २४ मा पूर्वाञ्चलमा विध्वंश मच्चाउने चेतावनी दिइएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
 योगी सरकारलाई पर्चामार्फत चुनौती दिदैं भनिएको छ, ‘सक्ने भए ध्वंशलाई बचाउ ।’मिर्जापुर थानाका प्रहरीले उक्त पर्चाबारे अनुसन्धान थालेको बताइएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै संसदीय क्षेत्रमा उक्त पर्चा पाइएका कारण गुप्तचर निकायले पनि मामलालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालेको बताइएको छ ।
पर्चामा पूर्वाञ्चल क्षेत्रमा आइएसका दुई हजार लडाकु रहेको दाबी गरिएको छ ।
कट्टर हिन्दुवादी नेता योगी आदित्यनाथ नेतृत्वमा राज्य सरकार गठन भएपछि उत्तर प्रदेशलाई आइएसले निशाना बनाउन लागेको अनुमान गरिएको छ ।

Comments