​संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक

युरोपेलीमुलुक नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक बनेको छ ।संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक बनेको छ ।यसपछि आइसल्यान्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्ड खुसी मुलुकको सूचीमा परेका छन् ।
यो सूचीमा अमेरिका १४औं र ब्रिटेन १९औं स्थानमा छन् । मध्यअफ्रिकी मुलकहरु भने सूचीको सबैभन्दा पुछारमा परेका छन् ।पश्चिमी युरोप र उत्तर अमेरिकीमुलुकले सूचीको अगाडिका स्थानहरु ओगटेका छन् ।मुलुकको प्रतिव्यक्ति आय, सामाजिक सहयोग, आयु, स्वतन्त्रता, सदासयता, भ्रष्टाचारको अवस्थाजस्ता सूचकलाई खुसी मापकको मानक मानिएको थियो ।
विगत पाँच वर्षयता विश्व खुसी दिवस मार्च २० को अवसर पारेर राष्ट्रसंघले खुसी मुलुकहरुको सूची सार्वजनिक गर्ने गरेको छ ।

Comments