डा. के सीको माग पुरा गराउन दिप प्रज्वलन,,,,नेपाल जेसीज द्वारा विज्ञप्ती जारी

श्रावण २७ मोरङ

चिकित्सा क्षेत्रको सुधारको माग राखि अनसनरत डा. गोविन्द के. सीको माग प्रति वेवास्ता गरेको भन्दै नेपाल जेसीजले उनको जिवन रक्षाको लागि  सरकार समक्ष आग्रह गरेको छ।
विगत १८ दिनदेखि अनसनरत के सी को स्वास्थ्य अबस्था नाजुक भएको भन्दै वहाँको जिवन रक्षाको माग नेपाल जेसीजले गरेको हो ।
बिहिवार नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर प्रकासप्रसाद अधिकारी र महासचिव भरत प्रसाईले सयुक्त बिज्ञप्ति जारी गरी
उक्त माग गर्नुभएको हो ।

चिकित्सा शिक्षा एेनको लागु गरी त्यस्लाई तुरुन्त कार्यन्वयन गर्न समेत जेसीजले माग गरेको छ ।
यदी तुरुन्त माग पुरा नगरी डा. के सी अनसनरत रहिरहनुपरे देशभरि १४० वटा शाखा युवा सञ्जाल रहेका जेसीजले देशब्यापि एकैसाथ आन्दोलन गर्ने चेतावनी दिएको छ ।
यसैबीच मोरङको पथरी मा रहेको पथरी जेसीजले बिहिवार बेलुकी ६ बजे नै पहिलोपटक केसिको जिवन रक्षाको माग गर्दै पथरीमा दिप प्रज्वलन गरेको छ ।
पथरीको लोकतान्त्रिक चोकमा भेला भएका सयौँ स्थानीय बासिहरु तथा जेसीज पदाधिकारीहरुले दिप प्रज्वलन गरेका थिए ।
अहिले देशैभरी डा. के.सीको माग पुरा गराइ अनसन बस्न बाध्य नबनाउन भन्दै जता ततै केसीका समर्थकहरुले माग गरिरहेका छन् । तर सरकार भने आलटाल गर्दै कान तेलहालेर सुतिरहेको छ ।

Comments