​उध्घोषण तालिम सम्पन्न

१६ श्रावण २०७४ 
मोरङ 
पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ र ६ मा पर्ने हसन्दह बालक्लव सञ्जालले ३ दिने उद्घोषण तथा प्रभावकारी भाषण कला तालिम सम्पन्न गरेको छ । श्रावण १३ देखि १५ गते सम्म सञ्चालन गरिएको तालिमको सहजीकरण रेडियो सुनाखरीका कार्यक्रम संयोजक भीमराज अधिकारीले गर्नु भएको थियो । तालिममा साविक हसन्दह गाविसमा रहेका बालक्लवबाट २२ जना सहभागीहरु रहेका थिए । तालिमको आर्थिक सहयोग साविक हसन्दह गाविसको थियो भने हसन्दह बालसंरक्षण समितिले र मानव अधिकार संरक्षण मञ्च नेपाले समन्वय गरेको थियो । 
तालिमको समापन सत्र औपाचारिक रुपमा गरिएको थियो । समापन सत्रमा वडा नं. ५ का कार्यवाहक अध्यक्ष चेतेन्द्र खड्का प्रमुख अतिथि रहनुभएको थियो । हसन्दह बाल संरक्षण समिति अध्यक्ष तथा वडा नं. ६ को वडा सचिव मिना कुमारी वर्मा विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा संरक्षण समिति सचिव महेश थापा, सामाजिक परिचालक मन्दिरा दाहाल, ओरेक नेपाल सहजकर्ता कल्पना मिश्र लगाएतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा मनतब्य राख्ने क्रममा बालबालिकाको विकास र आफ्ना प्रतिभा प्रस्तुत गर्न यस्ता कार्यक्रमले मुख्य भूमिका खेल्ने हुनाले यसता कार्यक्रमहरुको आयोजना गरिरहनु पर्ने प्रमुख अतिथि खड्काले सुझाउनु भयो । आगामी दिनमा यस क्षेत्रमा आवाज द्वारा व्यक्त गरिने कुनैपनि कुरामा पछी नपर्न पनि सहभागीलाई सचेत गराउनुभयो । बाल संरक्षण समितिले सधैँ नै यस्ताका कार्यक्रम आयोजना गर्न प्रेरित गर्ने र पाएको ज्ञानलाई सही ठाँउमा उपयोग गर्न सहभागीलाई विशिष्ट अतिथि वर्माको सुझाव थियो । 
कार्यक्रममा सहभागीहरुले पनि उत्साहजनक रुपमा आफ्ना भनाइहरु राखेका थिए । सहभागिका तर्फबाट किरण पास्वान, संजिव मण्डल, सुसन कार्की लगाएतले कार्यक्रम एकदमै उपलब्धि मूलक र प्रभावकारी भएको बताए । कार्यक्रममा महेश थापा, कल्पना मिश्र लागाएतले मन्तव्य राखेका थिए । समापन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष दिपेश प्रसाईले बाल संजालले सदैब बालबालिकाको अधिकारका विषयमा आवज उठाइरहने र त्यस्ता कार्यक्रमा यो तालिमले पनि महत्वपूर्ण भूमिका खेल्ने कुरा बताउनुभयो । आगामी दिनमा पनि बाल हितका लागि यस्ता तलिमहरु समय समयमा आयोजना गररहने उहाको भनाइ थियो । 
हसन्दह बालक्लव संजालले बालविवाह, लागू पदार्थ दुव्र्यसनी सम्बन्धि पनि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । केही समय अगाडी हसन्दहका विभिन्न चोक तथा बजारमा बाल विवाह र लागू पदार्थ दुव्र्यसनी सम्बन्धि सडक नाटक प्रस्तुत गरेको थियो । नाटकमा १४ जना कलाकारहरुले उत्साहपूर्ण रुपमा कला प्रस्तुत गरेको नाटक लेखक तथा निर्देशक कल्पना मिश्रले बताउनु भएको छ । कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र तथा नाटकमा कलाकारको भूमिका निर्वाह गर्ने कलाकारहरुलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो । अब आगामी कार्यक्रममा हसन्दहमा रहेका आर्थिक अवस्था कम्जोर भएका १५० जना बाबालिकालाई छात्रवृति वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष प्रसाईले बताउनु भएको छ । 

Comments