पथरी शनिश्चरेमा एमालेको अग्रता कायम नै,,,,,,धिमालले हराए पत्रकार महासंघ अध्यक्षलाई

२१ असार २०७४
मोरङको पथरी शनिश्चरेमा नेकपा एमालेले आफ्नो अग्रता कायम नै राखेको छ । एमाले मेयर पदमा दिलिप कुमार राई ७१०२ मत सहित अग्र स्थानमा रहेका छन् । उनलाई पछ्याउदै नेपाली काङ्ग्रेसका गणेश खड्का ५९५३ मत सहित दोस्रो स्थानमा रहेका छन् । नेकपा माओवादीका जहरमान लिम्बू ५७०२ मत सहित तेस्रो स्थानमा रहेका छन् । यसरी हेर्दा एमाले र काङ्ग्रेस बिचको मतान्तर ११४९ को देखिन्छ । समग्रमा यस नगरपालिकामा नेकपा एमालेले नै बाजि मार्ने पक्का पक्की जस्तै भएको छ । हाल सम्म ८ वडाको मत गणना कार्य सम्पन्न भइ सकेको र अब २ वटा वडा वडा नं. ६ र ७ को मत गणना गर्न मात्र बाकी रहेकाले पनि एमालेको जित सुनिश्चित जस्तै बनेको हो । 
हिजो राति १० बजे सम्ममा वडा नं. १,२,३,४,५,८,९ र १० को मत गणना कार्य सम्पन्न भएको छ । हाल सम्म वडा नं.१,२,३,८ र १० मा एमालेको प्यानल वडा नं. ४ मा माओवादी केन्द्र र वडा नं. ५ र ८ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । 
हाल सम्म अन्तिममा घोषणा भएको ५ नं. वडामा नेपाली काङ्ग्रेसका जोग बहादुर धिमालको प्यानल नै विजयी भएको छ । यो वडा साविकको हसन्दह गाविसमा पर्दछ छ । नयाँ संरचना अनुसार हसन्दहका १,२,३,५ र ९ नं. वडा मिलाएर यो ५ नं. वडा बनाइएको छ । यस वडामा अध्यक्ष पदका लागि नेकपा एमालेका तर्फबाट नेपाल पत्रकार महासंघ पूर्व जिल्ला अध्यक्ष महेन्द्र विष्टको समेत उम्मेद्वारी परेको थियो तर धिमालले विष्टलाई ४२८ को फराकीलो मतान्तरले जितेका छन् । धिमालको ११०२ र विष्टको ६७४ मत आएको छ । धिमाल सँगै जियी हुने महिला सदस्य जानुका तिम्सीना १०८०, दलित महिला सदस्य शान्ति देबी रिषिदेव १०८०, खुल्ला सदस्य चेतन खड्का ९७९ र अर्का खुल्ला सदस्य उमेश बस्नेतले ९५२ मत पाएका छन् । यस वडामा जम्मा मतदाता ३७७३ रहेकामा २८२० मत खसेको थियो जसमध्ये ८२ मत मदर भएको छ । 

 

Comments