​गुल्मीको मालिका गाउँपालिकामा एमाले विजयी

    

गुल्मी, असार १७ – गुल्मीको मालिका गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका रिपबहादुर थापा विजयी हुनुभएको हो । उहाँले ४ हजार ४२ मत प्राप्त गर्नुभयो । कांग्रेसका ज्ञानबहादुर कार्कीले ३४ सय ४७ मत प्राप्त गर्नुभयो ।

 
उपाध्यक्षमा पनि एमालेकै देवा अर्याल विजयी हुनुभएको छ । उहाँले ४ हजार २५ मत ल्याउनुभयो । कांग्रेसकी सीता अर्यालले ३७ सय ५९ मत प्राप्त गर्नुभयो ।

Comments