सोलुखुम्बुमा खोलाले बगाएर दुईको विधार्थीको मृत्यु, दुई घाइते


सोलुखुम्बु, असार ८ गते।

सोलुखुम्बुको दुधकौशिका गाउँपालिका-१ स्थित जोगरा खहरे खोलाले बगाएर विहीबार दुई विधार्थीको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।

दुधकौशिका गाउँपलिका-१ मा रहेको हिमशिखर बोर्डिङ स्कुल नेले सोलुखुम्बुमा अध्य्यनरत विधार्थी सोही ठाउँका बिकास कटुवालको छोरा एक के जीमा अध्यनरत ७ बर्षिय सागर कटुवाल र रेवती बस्नेतको छोरी कक्षा २ मा अध्यनरत ८ बर्षिया रचना बस्नेत खोलाले बगाएर मृत अवस्थामा भेटिएका छन् त्यस्तै सोलुखुम्बु दुधकौसीका-१ बस्ने २५ बर्षिय गणेश बहादुर बस्नेत र सोही ठाउँका शम्भु कटुवाल की २ कक्षामा अध्यनरत ७ बर्षिया छोरी सन्चु कटुवाललाई उद्धार गरी उपचारको लागी लैजाने तयारी भइरेहको छ।

साँझ ५ बजेतिर विधालयबाट घर फर्कने क्रममा उनीहरुलाई अविरल परेको बर्षा संगै उक्त खोलामा आएको बाढीले बगाएको थियो।

घटनास्थलमा प्रहरी चौकी नेलेबाट प्रहरीको टोली खटिगई घाइतेको उद्धार तथा मृतकको खोजिकार्य गरेको उक्त कार्यालयले जनाएको छ।

Comments