दार्चुलामा एक यार्सा संकलकको मृत्यु

बैतडी, असार ८ 

यार्सा संकलन गरी घर फर्किने क्रममा दार्चुलामा एकजनाको ज्यान गएको छ । नौगाड गाउँपालिका–५ सिप्टीका ३२ वर्षका नरेन्द्र सिंह ठगुन्नाको ज्यान गएको प्रहरीले जनाएको छ । 

ज्यान कहिले गएको हो भन्ने थाह भइसकेको छैन । यार्सा संकलनको क्रममा यसअघि अपि हिमाल गाउँपालिकामा मात्रै तीनजनाको ज्यान गइसकेको छ । 

Comments