चाँगुनायाण नगरपालिका – ६ मा फेरि मतदान भयो, मतगणना सुरु

 

भक्तपुर, जेठ ३ – भक्तपुरको चाँगुनारायण नगरपालिका ६ मतदानकेन्द्र ‘ख’ मा बुधबार पुन मतदान भएको छ । जम्मा ८०७ मतदाता रहेको केन्द्रमा बुधबार भएको मतदानमा ६८७ मत खसेको छ । गएको ३१ गते मतदानका क्रममा नेपाल मजदूर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद भएपछि पुन : मतदान भएको हो । 

मतदान सम्पन्न भएसँगै चाँगुनारायण नगरपालिकामा मतगणना समेत सुरु भएको छ । खरिपाटीको विद्युत प्राधिकरणको तालिम हलमा मतगणना भईरहेको छ । 

Comments