आत्माले सताएपछी १३ दिन पछी लास झिकी जलाए

गोपाल काफ्ले

पथरी बैशाख ३

देख्दा अचम्म, सुन्दा चकित, अक्ल्पनीय यदा कताँ सुनेको कुरा, एका देशको कथा सरी फिल्ममा हेरेको धटनाहरु समाजमा हुदा कस्को मन जिरिङ्ग नहोला । सिरियल र फिल्ममा देखेको आत्मा अझ भन्ने हो भने नागिन फिल्ममा नागिनीले सताए जस्तै भएको छ मोरङको पथरीशनिश्चरे १ मा समाजनै आतङकित भएको छ । मोरङको पथरीशनिश्चरे १ फुलबारी चौककी एक १४ बर्षिया किसोरीले आत्माहत्या गरेको १३ दिन पछी उनको शव उत्खन्न गरी जलाईएको छ । पञ्चायत मा.बि.मा कक्षा ७ मा अध्यानरत सन्तोसी लिम्बुको घरमा आमा संग सामान्य बिबाद भएको र त्यस पछि आत्माहत्या गरेकी थिन । बैशाख २१ गते बिहबिार उनि अाफ्नै घरमामा डोरीको पासो लगाई आत्मा हत्या गरेकी थिईन । कृष्यन समुदायकी लिम्बुको मृत्यू पछि पोष्टमाटम गरि शव गाडिएको थियो । कृष्यन सस्कार अनुरसार दाससस्कार गरेपनि उनी कृष्यन नभएकाले त्यस्ताे भएकाे हुनसक्ने छिमेकीकाे बुजाई छ । उनको अत्माले अन्य साथीको शरिरमा आएर काम्ने कराउने र सन्तोषी लिम्बुकै ब्यवहार देखिन थालो । लिम्बुको शव गाडेको केही दिनमै पथरीशनिश्चरे १ सुकुम्बारीकी संगिता अधिकारीमा यस्तो लक्ष्ण देखीएको थियो । उनलाई धामीझाक्री गरी निको हुन नपाउदै २५ गते सोमबार उनकै साथिको बहिनी पथरीशनिश्चरे १ हनुमान चोककी भुमिका लिम्बुको शरिरमा सन्तोषीको आत्माले चलखेल गरेपछी फुकफाक र धामीझाक्री गरी केही सहज पारीएको थियो । तर आत्माले अर्की उनकै साथी कक्षा ८ मा अध्यानरत बर्षा तामाङको शरिरमा प्रबेश गरेर धेरै दुःख दिने गरेको छ । बैशाख २८ गते देखि नै उनलाई पनि साह्रो पार्ने गरेको उनको अभिभावक बताउछन । तामाङ अहिले काम्ने बर्रबराउने र चिनेको मान्छे आउदा तामाङको शरिरबाट लिम्बुको आत्मा बोल्ने गरेको छ । भुमिकाले अाखा पल्टाउने, हप्काउने र धामिले भुमिकाकाे शरीरबाट लिम्बुकाे अात्मा धपाउन खाेज्दा म जान्न, याे धामी हटाअाे, मलाई नमार, पख म तलाई नलिई जाँदै जान्न भन्दै अाखाँ पल्टाउने धामीलाई झम्टीने गर्थीन । तामाङको शरिरबाट लिम्बुले जे जे भनो त्यो कुरा खोज्दै जादा साचो हुने गरेको प्रत्यक्षदर्सि बताउछन । उक्त अात्माले बारम्बार राज लाेहारकाे नाम बरबराउने गरेकाे र सुकुम्बासिकै राज लाेहारलाई पनि अाैठन हुनेगरेकाे छिमेकी बताउछन । राजकाे अामा लाई देख्ने बितिकै उनमा अनाैठाे प्रबिती देखिन्छ भने लिम्बुकी अामालाई देख्ने बितिकै म मरे भनेकी हाेलिस म मरेकाे छुईन भन्थीन । मरेकी छाेरीकाे अात्मा भुमिकाकाे शरिरमा अाए पछि अामा छाेरी धेरै बेर बादबिबाद गरेकी थिन । छाेरिले अामालाई माया गर्ने भा १००० काे ब्याग र चप्पलमात्र दिनुहुन्थियाे भन्दै कराएकी थिन । चिन्ता बस्दा धामीले उत्त शव झिकी जलाउनु पर्छ भनेकाले १३ दिन पछी जेष्ठ २ गते उनकाे शव झिकी लिम्बू सस्कार अनुसार जल्लाइएको छ । उत्त शव झिकी जलाउने क्रममा तामाङको शरिरबाट “मलाई नमार, मलाई झिको, मलाई मार्न खोज्दै छ तिमेर्ले किन धामी बोलाइस भन्दै” रुने चिच्याउने गरेकी थिईन । उनिहरुकाे शरिरबाट लिम्बू मुन्धुम अनुसार चिन्ता बसि हटाईएकाे छ । उक्त घरमा चिन्ताबसेको र बिरामी हेर्नेको घुईचो लागेको थियाे ।

Comments