राप्रपाले खाता खोल्यो, रुबीभ्याली गाउँपालिका प्रमुख, उपप्रमुखमा विजयी

 

धादिङ, जेठ ३ – राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख पदमा खाता खोलेको छ । राप्रपाले धादिङको रुबीभ्याली गाउँपालिकाको अध्यक्ष पद जित्दै खाता खोलेको हो ।  

राप्रपाका चेरुङ तामाङ १ हजार ४ सय ९४ मत ल्याई गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो । त्यस्तै, उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका रामसिंह तामाङ ९ सय ५३ प्राप्त गर्नुभएको थियो । 

त्यस्तैगरी, उपाध्यक्षमा पनि राप्रपाका बिना लामा विजयी हुनुभएको छ । उहाँ १ हजार ४ सय ९ ल्याएर विजयी हुनुभएको हो ।

Comments