डोल्पाको छार्का ताङसोङ गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार विजयी

 

काठमाडौं, जेठ ३ – डोल्पाको छार्का ताङसोङ गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार विजयी हुनुभएको छ ।  छार्का ताङसोङ गाउँपालिकामा स्वतन्त्र उम्मेद्वार सोनाम गुरुङ विजयी हुनुभएको हो । उहाँ ३०७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्धी नेकपा एमालेका धोता गुरुङले २८२ मत ल्याउनुभयो । 

Comments