रसुवागढी नाका ९६ घण्टा बन्द हुने

रसुवा, वैशाख २६ – वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको चुनावका लागि बुधबार राति १२ बजेदेखि रसुवागढी नाका बन्द हुने भएको छ । 

चुनाव हुनुभन्दा ७२ घण्टा अगाडि नै सीमा नाका बन्द गर्नका लागि रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने र चीनका बोर्डर एडमिनिस्ट्रेसन कमिटिका प्रमुखबिच मंगलबार भएको बैठकले रसुवागढि नाका बन्द गर्ने सहमति भएको हो ।  

चुनावका लागि बुधबारदेखि वैशाख ३१ गते राति १२ बजेसम्म ९६ घण्टा नाका बन्द हुने भएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो । 

Comments