विद्यालयमै मनाइन मानवअधिकारकर्मी तामाङ्ले जन्मदिन

२१ वैशाख २०७४
मोरङ, सामान्यतया मानिसले आफ्नो जन्मदिन कसरी मनाउछन् ? सजिलै अनुमान गर्न सकिन्छ । पाटी गरेर, आफन्त, साथिभाइसंग भेटघाट गरेर या ठुला ठुला रिसोर्ट तथा होटलमा भब्य कार्यक्रमको आयोजना गरेर । तर कानेपोखरी गाउपालिका ३ बयरवनकी राजकुमारी तामाङले आफ्नो जन्मदिन फरक तरिकाले मनाएकी छन् । वैशाख २० गते आफ्नो २१ औँ जन्मदिन उनले कानेपोखरी ७ मा रहेको जनकल्याण मा.वि मा मनाएकी हुन् । जन्मदिनको अवसरमा उनले विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति वितरण गर्नुका साथै केक नै काटेर सबैसंग खुसी बाँडेकी थिइन् । 
विगत देखि नै सामाजिक क्षेत्रमा काम गर्दै आएकी तामाङ साविक बयरवन बाल संजालकी सहजकर्ता र मानव अधिकार संरक्षण मञ्च नेपालकी उपाध्यक्ष पनि हुन् ।

हामी जस्तो समाजका अगुवा मानिसले नै परिवर्तनको कुरा सिकाउनु पर्ने र अरुले पनि राम्रो बाटो अङ्गालुन भनेर यसरी जन्मदिन मनाउने गरेको तामाङ बताउछिन् । उनि समाजमा एउटा उदाहरणको पात्र नै रहेकी विद्यालयका शिक्षकहरु बताउनु हुन्छ । समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने र अधिकारका विषयमा जहिले पनि लडिरहने साहसी व्यक्तित्व रहेको मानव अधिकार संरक्षण मञ्च नेपालका अध्यक्ष भीमराज अधिकारी बताउनु हुन्छ ।

Comments