​माछा मार्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु

मोरङ १४ वैशाख २०७४
मोरङको पथरी शनिश्चरे ५ हसन्दह स्थित राते खोलामा माछा मार्ने क्रममा हिजो करेन्ट लागेर दिपक चौधरीको ज्यान गएको छ । सोही ठाउँ निवासी २३ वर्षिय चौधरीलाई दिउँसो २ बजे माछा मार्ने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा ३ बजे पथरी हस्पिटलमा मृत्यु भएको स्थानिय जोगबहादुर धिमालले बताउनुभएको छ ।

Comments