पथरी शनिश्चरेमा चुनावी चहलपहल तिव्र

मोरङ ७ वैसाख २०७४
भीमराज अधिकारी

आगामी वैशाख ३१ गते हुने भनिएको स्थानिय तह निर्वाचन चहलपहल तिव्ररुपमा भइरहेको छ । 
मोरङका १७ वटा स्थानिय तह रहेका छन् । १७ वटै तहमा निर्वाचन कार्यालय खडा गर्ने देखि मतदाता शिक्षा कार्यक्रमलाई तिव्र पारिएको छ । यस्तै चहलपहल पथरी शनिश्चरे नगरपालिकामा पनि रहेको छ । साविकमा पथरी गाविस र शनिश्चरे गाविस मिलेर पथरी शनिश्चरे नगरपालिका बनेको हो । स्थानिय तह पूनः संरचना आयोगको प्रतिवेदनलाई पूर्णता दिदैँ नेपाल सरकारले गएको फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशन गरेपछी देशैभर जम्मा ७४४ वटा स्थानिय तह कार्यान्वयनमा आए । नयाँ संरचना अनुसार पथरी शनिश्चरे नगरपालिकामा साविकको हसन्दह गाविस पनि गाभिएको छ । समविकमा १५ वटा वडा रहेको यस नगरपालिकामा हाल १० वटा वडाहरु रहेका छन् ।
आगामी चुनावका लागि दलहरुले आ–आफ्ना उमेरद्वार खडा गर्न थालिसकेका छन् । हाल सम्म मेयर पदका लागि नेपाली कांग्रेसका तर्फबाट गणेश खड्का, माओवादी केन्द्रका तर्फबाट जहरमान लिम्बू र नयाँ सक्ति नेपालका तर्फबाट देवराज भण्डारीको टुङ्गो लागि सकेको छ । अन्य दलहरुको पनि चाडैँ नै उमेरद्वारको टुङ्गो लाग्ने दलहरुले बताइरहेका छन् ।
चुनावी चहलपहलका विषयमा पथरी शनिश्चरे नगरपालिकाका कार्यकारी अधिकृत कुमार प्रसाद कोइरालाले संक्षिप्त कुराकानी गर्दै चुनावको तयारी तिव्र पारिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो २० वर्ष पछाडी हुनलागेको स्थानिय तहको निर्वाचनमा मतदानका लागि सबैजना एकदमै उत्सुक रहेका छन् । वैशाख ३१ मा हुने निर्वाचनका लागि निर्वाचन आयोगको कार्यक्रम अनुसार नै निर्वाचन अधिकृत यहाँ पनि आइसक्नु भएको छ । मतदाता शिक्षाका लागि स्वंयम सेवकहरु पनि खटिइसकेका छन् । जिल्ला स्तरमा पनि सुरक्षाका विषयमा बैठकहरु जारी रहेका छन् । स्थानिय तहको निर्वाचन पश्चात सिंह दरबारको सेवा सुविधा यहाँ आउने भएकाले पनि यो निर्वाचन अत्यन्तै महत्त्वपूर्ण छ । चुनावलाई मर्यादित र भयरहित बनाउनका लागि राजनैतिक दलसंगको सहकार्य निरन्तर रहेको बताउँदै निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण तयारी भइरहेको हुँदा आम नगर वासीलाई निर्धक्क साथ मतदानमा सहभागि हुन अनुरोध समेत गर्नुभएको छ ।

Comments