झारफुक गर्ने बहानामा जंगलमा लगेर बालिकालाई बलात्कार

 

पर्वत, वैशाख ३ – तान्त्रिक विधिद्वारा झारफुक गरेर रोग निको पार्ने बहानामा पर्वतका एक व्यक्तिले ८ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोप लागेको छ । पर्वतको कुश्मा नगरपालिका–२ घर भई जलजला गाउँपालिका–३ बउरमा झारफुक गरी वस्ने ४५ वर्र्षे खिम बहादुर परियारले ८ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप लागेको हो । 

गएको चैत ३१ गते बेलुका ५ बजेको समयमा झारफुकका लागि घरमा पुगेकी बालिकालाई परियारले कुलमा बस्ने मसान लागेकाले पूजा गर्नका लागि जंगलमा जानुपर्ने बहाना रच्दै परियारले घरबाट १५ मिनेटको दूरीमा रहेको माटेपानीको जंगलमा बालिकालाई बलात्कार गरेको परिवारको दाबी छ । 

पीडित बालिकाका परिवारले प्रहरी समक्ष परियारले किटानी जाहेरी दिएपछि प्रहरीले पिडक परियारलाई पक्राउ गरेको छ । पीडितको निवेदनको आधारमा परियारलाई पक्राउ गरेको र प्रारम्भिक अनुसन्धान पश्चात आइतबार जवरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको प्रहरी निरीक्षक लिलाराज लामिछानेले बताउनुभयो ।

Comments