​आईपीएलको १० औं संस्करण आजबाट सुरु हुँदै,, पहिलो खेल हैदरावाद र बैंग्लोरबीच

आज बेलुकाबाट १० औं इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० सुरु हुँदै छ । क्रिकेट भनेपछि मरिहत्ते गर्ने भारतीय तथा अन्य देशका फ्यानहरुका लागि यो कुनै उत्सवभन्दा कम मानिँदैन ।१० औं आईपीएलको पहिलो खेल हैदरावादको राजिव गान्धी अन्तर्रा्ष्ट्रिय रंगशालामा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोरबीच हुने छ । हैदरावाद गत वर्षको उपाधी विजेता हो भने बैंग्लोर उपविजेता हो ।
भारतीय क्रिकेट बोर्ड– बीसीसीआईले १० वर्ष अघि सन् २००७ मा नयाँ टी–२० लीगको घोषणा गर्दा यस सबैले यसको भविष्यलाई लिएर अनेकन आंकलनहरु गरेका थिए । २०१७ सम्म आइपुग्दा यस लीगले क्रिकेटको इतिहासमा नयाँ अध्याय मात्रै थपेन क्रिकेट र यसको भविष्यलाई नै नयाँ मोड पनि दियो ।
आइपीएलले भारतका सेलिभ्रेटीदेखि व्यापारीहरुलाई कुनै एक टीमको मालिक हुन लालायित बनाएसँगै यसको चर्चा र आकर्षण पनि बढाइदिएको छ ।
यसपटक आइपीएलमा ८ वटा टीमको सहभागिता रहने छ । तर विराट कोहली घाइते भएका कारण आइपीएलमा केही पछि मात्रै देखिने भएपछि प्रशंसकहरु भने केही निराश छन् । यस्तै यो सिजन दक्षीण अफ्रिकका एडी डिबेलियर्स पनि आइपीएलमा नदेखिनसक्ने अर्का चर्चित अनुहार हुन् ।

Comments