चितुवा गाउँ पसेपछी स्थानिय त्रसित

भीमराज अधिकारी
मोरङ, १७ चैत्र २०७३
मोरङको साविक हसन्दह हाल पथरी शनिश्चरे न.पा. ५ भोटेघुम्तीमा चितुवा देखा परेको छ । स्थानियले लगाएको वन नर्सरीमा करिव विहान ८ बजे चितुवा देखा परेको हो । उत्त चितुवाको आक्रमणबाट हाल सम्म ६ जना सामान्य घाइते भएका छन् । घाइतेको पथरी स्थित पथरी हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । घाइते हुनेहरुमा पथरी न.पा. ५ निवासी अन्दाजी ३५ वर्षका अनिल धिमाल, २२ वर्षिय पवन रिषिदेव, पथरी ७ निवासी ३५ वर्षका छन्दे लिम्बू, पथरी ८ निवासी ३० वर्षका वसन्त घिमिरे, साविक अमरदह २ का ४४ वर्षका धनलाल रिषिदेव र पथरीका पत्रकार बिजय खम्बू समेत रहेका छन् । चितुवा हाल नर्सरी नजिकै रहेको मकैबारीमा रहेको छ । दिनभर चितुवा हेर्नेको घुइचो लागेको र करिब २ हजार मानिस रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस विषयमा वन कार्यालयसंग समन्वय भइसकेको र चितवन राष्टिय निकुञ्जबाट चितुवा समाउनका लागि टोली आउने तयारी भइरहेको छ । हाल कुशेचौरी प्रहरी असाइ हरीबहादुर बस्नेतको कमाण्डमा ४ जना प्रहरी जवान, शसस्त्र प्रहरीबल शनिश्चरेको कमाण्डमा ११ जना र वन कार्यालयबाट ७ जना गरी २२ जनाले शुरक्षा दिइरहेका छन् । हाल करिब १ सय जना स्थानिय बासीको पनि उपस्थिति रहेको प्रहरीले जनाएको छ । 

Comments