​राजनीतिको नाममा आपराधिक समूह सक्रिय रहेको एमाले अध्यक्र्ष ओलीको आरोप

एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई नम्बर प्रदेशमा राजनीतिको नाममा आपराधिक समूह सक्रिय रहेको आरोप लगाउनुभएको छ । गत फागुन २० गते स्थायी समितिले मनोनयन गरेका केन्द्रीय सदस्यको सपथ ग्रहण कार्यक्रमलाई पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै उहाँले सो क्षेत्रको आपराधिक समूह नै मुलुकको विकासको बाधक बनेको आरोप लगाउनुभएको हो । एमालेको नीति, विचार र सिद्धान्त ठीक भएको भन्दै स्थानीय तहको चुनावमा आफुहरुलाई कसैले रोक्न नसक्ने दाबी ओलीले गर्नुभयो । स्थायी समिति बैठकले धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, रामचन्द्र साह तेली, रामदयाल मण्डल, रत्नेश्वर गोइत, रविन्द्र बैठा, यदुबंश झा र हरिनारायण महतोलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । यस्तै नारदमुनि राना, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरि राजबंशी, सरला यादव, सुधीर साह, सरोज यादव र मोहम्मद हारुनलाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । केन्द्रीय सदस्यद्वय रघुवीर महासेठ र लालबाबु यादवले यसअघि नै शपथ लिइसक्नु भएको छ ।..

Comments