जिल्ला समन्वय समिति धनुषामा तोडफोड, केही कार्यालयमा तालाबन्दी

जनकपुरधाम , चैत ९ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला समन्वय समिति धनुषामा झुण्ड्याएको  बोर्ड तोडफोड गरेका छन् । संविधान संशोधन र सिमांकनको टुंगो नलगाई स्थानीय तहको पुनरर्संरच्ना र निर्वाचनको मिति घोषणा गरेको विरोधमा  बुधबार उनीहरुले नाराबाजी गर्दै बोर्ड तोडफोड गरेका छन् ।
 
यस्तै गत मंगलबार कार्यालय सञ्चालन गरेको भन्दै मोर्चाका नेता कार्यकर्ताले धनुषाको हंशपुर गाउँपालिका, नगराइन नगरपालिकाको फूलगामा वडा कार्यालय र औरही गाउँपालिकाको परवाहा वडा कार्यालयका बोर्ड तोडफोड गर्दै तालाबन्दी गरेका थिए ।  
 
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा आबद्ध रहेका हरिहरपुर वडा ८ र ९ लाई हालमा मिथिला नगरपालिकामा गाभिएको भन्दै कालो कपडामा विरोध लेखी तालाबन्दी गरेका छन् ।

Comments