भिरबाट लडेर गोठालाका मृत्यु

 

हुम्ला, चैत ९ – भेडाबाख्रा चराउन जंगल गएका एक जना गोठालाको भिरबाट लडेर ज्यान गएको छ । बुधबार बिहान जंगलमा भेडाबाख्रा चराउन जाँदा चंखेल्नी गाउपालिका–६ का हर्क तामाङको भिरमा लडेर ज्यान गएको हो । भिरको बाटो भएर हिँड्दै गर्दा खुट्टा चिप्लिएर भिरमा लडी उनको ज्यान गएको स्थानीयबासिन्दाले बताएका छन् ।

Comments