नेपाल जेसीजकाे फेब्रुअरी महिनाको नेशनल अफिसर अफ द मन्थबाट राजु पाैडेल पुरस्कृत

नेपाल जेसीजकाे फेब्रुअरी महिनाको नेशनल अफिसर अफ द मन्थबाट राजु पाैडेल पुरस्कृत हुनुभएको छ । पाैडेल नेपाल जेसीजकाे राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ । राष्ट्रिय अध्यक्ष ले हरेक महिना एक जना राष्ट्रिय पदाधिकारी लाई नेशनल अफिसर मन्थबाट पुरस्कृत गर्ने कार्यक्रम अन्तर्गत याे महिना वहाँ पुरस्कृत हुनु भएको हाे । यस महिनाकाे हरेक कार्यक्रम तथा जेसीजकाे गतिविधिमा उत्कृष्ट सहभागिता जनाउनु भएकोले वहाँ लाई पुरस्कृत गरिएको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारी ले बताउनुभयो । यस्तो पुरस्कृत गर्ने कार्यले युवाहरूको नेतृत्व र व्यक्तित्व बिकास गर्ने जेसीजमा राष्ट्रिय पदाधिकारी लाई काम गर्न थप हाैसला मिल्ने गरेको नेपाल जेसीजका नेशनल मिडिया चेयरमेन दीपेन्द्र तिम्सिनाले जानकारी दिनुभयो ।

Comments